होम क्वारेन्टाइनमै बन्यो लघुफिल्म ‘लकडाउन’
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख २० : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपाल लगायत विश्वकै नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् । आफ्नो घरबाट निस्कन नपाउदा प्राय मानिसहरु आफ्नो पट्यारलाग्दो समय बिताउन मनोरंजनका लागि बढिजसो समय इन्टरनेटमा बिताईरहेका छन् ।

यहि कुरालाई ध्यानमा राख्दै लकडाउनको मौका छोपी थुप्रै नेपाली चलचित्र युटुबमार्फत सार्वजनिक गरियो । यसैक्रममा लकडाउनको कारण अभिनय क्षेत्रबाट टाढा रहेका कलाकारहरु मध्येका केहि कलाकारहरु मिलेर नयाँ कन्सेप्टको बिकास गरेका छन् । उनीहरुले होम क्वारेनटाइनबाटै अभिनय गरि नेपाली सर्ट फिल्म ‘लकडाउन’ निर्माण गरेका छन् ।

लकडाउनको बेला घरबाहिर निस्कन मन लागेको एक युवाको कथा समेटिएको यस फिल्मलाई कमेडियन सन्दिप क्षेत्रीले तयार पारेका हुन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के।सी, निर्मल शर्मा, संजय श्रेष्ठ र स्वयम् सन्दीप क्षेत्रीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर