आइतबार, बैशाख २१, २०७७
मा प्रकाशित
0
Shares
कश्मीर, वैशाख २१ : उत्तरी कश्मीर हन्दवारामा शनिबार साँझ आतंककारीसँग भएको भीडन्तमा दुई उच्च सैनिक अधिकृतसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक कर्णेल र एक मेजरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको हो ।
भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा अन्य दुई सैनिकको मृत्यु भएको हो। त्यस्तै एक प्रहरी सवइन्स्पेक्टरको पनि ज्यान गएको छ । भीडन्तमा दुई आतंककारीको समेत मृत्यु भएको समाचारमा बताइएको छ ।
शनिबार साँझ हन्दवाराको चन्जमुला क्षेत्रमा भएको उक्त भीडन्तमा मृत्यु हुने सबैको शव त्यहाँबाट निकालि सकिएको छ ।