तपाईंले अनेकथरीका मानिस देख्नुभएको छ होला, जसको अचम्म खालको समस्या तथा क्षमता हुन्छ । एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् ।
समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ।
ती युवती आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थिइन् ।
वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् । महिलाको आवाज चाहीँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएको हुँदा उनले सुन्ने गर्दछिन् । एजेन्सीको सहयोगमा