शिकारीको पासोमा परेर बाँकेमा एक जना घाइते
बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

बाँके, वैशाख २५ : बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा परेका हुन्।

पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ । घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामुदायिक वनमा रहेका मृग मार्न शिकारीले बन्दूकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय