बिहिबार, बैशाख २५, २०७७
मा प्रकाशित
0
Shares
रोल्पा, वैशाख २५ : रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विकको मृत्यु भएको हो।
रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बिहान साढे ८ बजेतिर चट्याङले लागेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको सेतोपाटीलाई बताए। ‘उहाँहरू दुबै जनाको घर तलमाथि छ, दुबै जना बाहिर निस्केको समयमा चट्याङले लागेर मृत्यु भएको हो,’ डिएसपी गुरूङले भने।
उनीहरू दुबै जना घर बाहिर निस्केको समयमा चट्याङले हानेको भए पनि उनीहरूको बीचको घरका मानिसहरू भने सकुशल रहेको प्रहरीले बताएको छ।