यतिबेला पारिवारिक माहौलमा बालबच्चा रमाइरहेका छन् । बुवाआमासँग बस्न पाउँदा उनीहरु खुसी हुन्छन् नै । तर, कतिपय बालबच्चा यस्ता हुन्छन् जो घरको माहौल रमाइलो हुँदा पनि उनीहरुमा त्यसको कुनै प्रभाव वा प्रतिक्रिया देखिदैन । स्वभाविक रुपमा के हुनुपर्ने हो भने आफु जस्तो माहौलमा बस्छौं, हाम्रो मनोभाव पनि त्यही अनुसार हुनेगर्छ ।
रमाइलो माहौलमा बसेको बखत हामी खुसी र उमंगित हुन्छौं । तर, यस्तो अवस्थामा पनि कोही उदास देखिन्छ भने त्यसलाई स्वभाविक मान्न सकिन्छ । खासगरी यस किसिमको लक्षणले संशय जगाउँछ, कतै उनलाई बाइपोलार डिसअर्डर त भएको होइन ?
त्यती मात्र होइन, अरु किसिमको अस्वभाविक व्यवहार गर्छन् भने पनि उनीहरुमा शंका गर्नुपर्ने हुन्छ । जस्तो कि, झर्कने । विना कारण रिसाउने । राती निदाउन नसक्नु । कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्नु आदि ।
बालबालिका मात्र होइन, किशोर वा युवा सबैमा यस किसिमको मानसिक विकार हुनसक्छ । बाइपोलार डिसअर्डरमा दुई किसिमको स्थिती हुन्छ, एक उदासी र अर्को प्रशन्नता । उदासी हुँदा यति धेरै डिप्रेसनमा पुग्छन् कि आत्माहत्या जस्तो खतरनाक प्रयास गर्छन् । खुसीको चरणमा यति धेरै आत्माविश्वासले भरिन्छ कि, उसलाई सम्हाल्नै गाह्रो हुन्छ । दुबै स्थिती सामान्य होइन ।
डिप्रेसनको चरण
यस्तो चरणमा व्यक्ति अक्सर डिप्रेसनमा हुन्छन् ।
-पटक पटक आफैलाई पीडा दिन खोज्ने ।
-कुनैपनि काममा ध्यान नदिने । दिक्क मान्ने ।
-भविष्यका लागि सधै चिन्तित रहने ।
-झर्किने वा रिसाइरहने ।
-खुसीको माहोलमा पनि रमाउन नसक्ने ।
-तौल घटबड भइरहने ।
-आफुले आफैलाई अपराधी महसुस गर्नु ।
-कुनैपनि कुरा याद गर्न नसक्नु ।
मेनिया वा खुसीको चरण
यस चरणमा व्यक्ति आत्माविश्वासले भरिपूर्ण पाइन्छ । व्यक्तिमा यस्तो लक्षण देखिए तुरुन्तै चिकित्कस कहाँ देखाउनुपर्छ ।
-एकदमै खुसी भएर कसैलाई पैसा बाढ्न थाल्नु ।
-हरक्षण गीत सुनिरहनु ।
-अत्याधिक साथी बनाउनु ।
– रातभर जागा बस्नु ।
– बिवाहित भएर पनि अर्कोसँग आकर्षित हुनु ।
-अफिस वा आफ्नो काममा अत्याधिक व्यस्त हुनु ।
– छिटो–छिटो कुरा गर्नु ।
-कुनैपनि कुरामा ध्यान नदिनु ।
किन यस्तो हुन्छ ?
यसको खास कारण देखिदैन । यो कहिले जेनेटिक त कहिले न्यूरोट्रान्समिटर इम्बैलेन्स, एबनर्मल थाइरड फंशन, हाइ लेबल अफ स्ट्रेस आदिको कारण हुनसक्छ ।
के छ उपचार ?
बाइपोलार डिसअर्डर पूर्ण रुपमा निको हुनसक्छ । मनोचिकित्सकको सहयोगले पीडित व्यक्ति पहिलेकै अवस्थामा फर्कन सक्छ ।
-नियमित रुपले औषधी सेवनले पीडित स्वभाविक अवस्थामा फर्कन सक्छ ।
-यस्ता व्यक्तिका लागि पर्याप्त निन्द्राको आवश्यक हुन्छ ।
-औषधीका साथ नियमित थेरापी लिनुपर्छ, यसले चाडै राहत मिल्छ ।
– व्यायाम र योग, ध्यानले एकदमै प्रभावकारी हुनसक्छ ।
मिथक
धेरैले मान्ने गरेका छन् कि बाइपोलार डिसअर्डरले ग्रसित व्यक्ति सामान्य जीवनमा फर्कन सक्दैनन् । तर यो एकदमै गलत हो । भ्रम हो । यस किसिमको समस्याले ग्रस्त व्यक्ति पुन सामान्य जीवनमा फर्कन सक्छन् । यद्यपी त्यसका लागि परिवारका सदस्यहरुले सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्छ ।
के भ्रम छ भने, २० बर्षभन्दा बढी उमेरकालाई बाइपोलार डिसअर्डर हुन्छ । तर, यो किशोरवयकालाई पनि यस्तो समस्या हुनसक्छ ।