चीन र जापानका विदेशमन्त्री बीच फोनवार्ता
शुक्रबार, असार २६, २०७७ मा प्रकाशित

बेइजिङ, असार २६ : चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । रेकछ ।

चिनियाँ विदेशमन्त्री पाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उनिहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गरेको बताइएको छ ।

हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनिहरुले यसै विषयमा सो सन्देश आदान प्रदान गरेको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

सो वार्ताका क्रममा उनिहरुबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उनिहरुबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर