बग्लानमा चार सुरक्षाकर्मीको मृत्यु
आइतबार, असार २८, २०७७ मा प्रकाशित

काबुल, असार २८ : अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा शनिबार भएको झडपमा अफगान सुरक्षाफौजका कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उक्त घटनामा अरु १० सुरक्षाकर्मी घाइते भएका छन् ।

तालिबान समूहले चेसमाये शिर र बाघ–ए–शमाल क्षेत्रको बग्लान–समानगान राजमार्गमा अफगान सैनिक जाँच पोस्टमा आक्रमण गरेका थिए ।

भिडन्तका कारण राजमार्ग केही घण्टासम्म बन्द गरिनुका साथै चार वटा अफगान सेनाका बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

बग्लानस्थित एक सैनिक कमान्डरले तालिबान समूहको पनि ठूलै क्षति भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर