अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित

२६मंसिर -अफगानिस्तानमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंदलाई गोली हानी हत्या गरिएको छ।

बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारी अज्ञात समूहले उनको गाडीमा फायर गरेका थिए। सो हमलामा गाडीका चालक मोहम्मद ताहिर पनि मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन्।

सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन्।

रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर