चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार
शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

१७ पुस -चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ। बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक भेटिएको हो।

बेलायतबाट चीन फर्केकी २३ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको बताइएको छ। रोयटर्सका अनुसार चीनमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारबारे त्यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरेको छ।

कोरोनाको नयाँ प्रकार भेटिएसँगै बेलायत र बेलायत हुँदै चीन प्रवेश गर्नेहरुमाथि पनि कडाइ गरिएको छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर