फागुन १९,(फरक समाचार)/ विश्वभरबाट चन्द्रमाको यात्रा गर्न ईच्छुक आठ जना सर्वससधारणको खोजी भइरहेको छ ।
जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका हुन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुने बीबीसीमा उल्लेख छ।
यात्रमा विभिन्न पृष्ठभूमिका मानिसहरुको सहभागिता रहनुपर्ने उनले बताएका छन् । उनले त्यसका लागि ट्वीटरमा त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन्।
उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निःशुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।
उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले जुनसुकै गतिविधिमा भए पनि अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ र त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछन् ।
उनले सबै सिटहरू किनिसकेकोले यात्रा निजी हुनेछ बताएका छन् ।News24बाट