काठमाडौं, वैशाख १" />
भारतमा २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित
मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित

काठमाडौं, वैशाख १४ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण एक लाख ९७ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै देखिएको छ । कर्नाटकमा पनि २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । सामाजिक गतिविधिमा गरिएको कडाइको कारण भारतको दिल्ली तथा महाराष्ट्रमा भने दैनिक नयाँ संक्रमितको संख्या घटेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २८ लाख ८२ हजार नाघेको छ । भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना संक्रमण निरन्तर बढेसँगै बेलायतले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । मंगलबार बेलायतले पठाएको स्वास्थ्य सामग्री भारत आइपुगेको हो ।

फ्रान्स र अमेरिकाले पनि भारतलाई आवश्यक स्वास्थ्य सहयोग गर्ने बताएका छन् । भारतले पनि अस्पताललाई सहयोग गर्न सेना परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि भारतमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले एक विज्ञप्ति जारी गर्दै भारतका केही राज्यमा नयाँ संक्रमितको संख्यामा कमी आए पनि धेरै राज्यमा कोरोना संक्रमण उच्च रहेको उल्लेख गरेका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर