बर्दिया,असार ७ (फरकसमाचार) / तीन वटा रागाको बाढीमा डुबेर ज्यान गएको छ । भारी बर्षाले वस्ती डुवानमा पर्दा घर छेउँमा बाँधेर राखेको तीन वटा रागाको ज्यान गएको हो ।
ठाकुरबाबा नगरपालिकाका टिकाराम थारुको एउटा राँगा डुबेर मरेको छ भने बारबर्दिया नगरपालिका जयनगर बस्ने रमेश चौधरीको घर छेउमा बाँधेर राखेको एक जोडी राँगाको बाढी डुवाउँदा मृत्यु भएको हो । बारबर्दिया स्थित प्रदुङ खोला सतह बढ्दा घरमा बाँधेका एक जोडी राँगाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राती देखि लगातार पानी पर्दा ठाकुरबाबा र बारबर्दियामा बाढीको जोखिम रहेकाले स्थानीय प्रशासनले सर्तकर्ता अपनाउँन फेसबुक पेज मार्फत अनुरोध गरेको छ ।
नदी तटिय क्षेत्र र डुवान क्षेत्रमा व्यापक प्रहरी परिचालित भएका छन् । भुरीगाउँ बजार डुवानमा परेपछि बाढीबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र बहादुर डमरपालले जानकारी दिए ।