बर्दियामा लागू औषधसहित दुई पक्राउ
सोमबार, असार ०९, २०८२ मा प्रकाशित

बर्दिया,असार ९ (फरकसमाचार) / लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले लागू औषधसहित शनिबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–७ का २० वर्षीय गंगा सागर थारु र वडा नंम्बर ५ का २६ वर्षीय दिपेन्द्र कुमार थारु रहेका छन् ।

भारतीय बलई गाउँबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट ३ ग्राम ३ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरौ रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय