शुक्रबार, साउन ०३, २०८२
मा प्रकाशित
1998
Shares
बर्दिया,साउन २ / लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थितबाट दुई जनालाई लागू औषधसहित प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का ३२ वर्षीय नफिस अहमद मनिहार र ३५ वर्षीय असगर अलि तेली रहेका छन् ।
बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मनिहारको साथबाट १ सय १० मिलिग्राम लागू औषध ब्राउन सुगर र तेलीको साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।