आइतबार, साउन ०५, २०८२
मा प्रकाशित
1776
Shares
बर्दिया,साउन ४ / आफैले पालेको गोरुले हानेर एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो ।
छुटेको गोरुलाई बाध्न गएको बेला हानेर वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।
‘गोरु बाँध्य डोरी लिएर जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थलमै उहाँको मृत्यु भएको रहेछ, म पनि घटना स्थलमै छु । मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने ।