बर्दिया,साउन ११(फरकसमाचार)/ ‘दुर्व्यसन त्यागौं, सेवामुखी बनौं’ मुल नाराका साथ पशुबलि प्रथा बन्द गरौं शाकाहारी बनौं अभियान अन्तर्गत गुलरियामा मौन र्याली निकालिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति बर्दियाको नेतृत्वमा गुलरियामा शनिबार बिहान मौन र्याली निकालिएको हो ।
यो संसारमा सबै प्राणी बाँच्न पाउने अधिकार छ । मठ मन्दिरमा अबोध प्राणीको बलि दिने प्रथा तत्काल बन्द गर्नु पर्ने श्रीकृष्ण प्रणामी युवा परिषद बर्दियाका अध्यक्ष हेमन्त थारुले बताए । शाकाहारी बनौं अभियान अन्तर्गत युवा परिषद नेपालले विभिन्न जिल्लामा निरन्तर आवाज उठाईरहेको अध्यक्ष थारुले जानाए ।
मौन र्यालीका सहभागिले ‘दुर्व्यसन त्यागौं,सेवामुखी बनौं’, हत्या हिंसा र पिडाको खेती होइन, प्रेम, सद्भाव र करुणाको बिउ रोपौं, मन्दिर पुजा, पाठशालाको थलो हो, बधशाला नबनाऔं, सबै पशुलाई माया गरौं र बचाऔंलगायतको प्ले कार्ड देखाएका थिए ।
गुलरिया नगरपालिका–७ स्थित बगलमुखी मन्दिरबाट सुरु भएको मौन र्याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोक स्थित कोणसभामा परिणत भएको थियो ।