मोटरसाइकल दुर्घटनामा तीन जना घाईते
आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ०१(फरकसमाचार)/मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । मधुवन नगरपालिका –९ स्थित हुलाकी सडक खण्डमा शनिबार सवा ६ बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

राजापुरबाट गुलरियातर्फ आउँदै गरेको भे १३ प ९०४१ नंम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ९ प ९०९६ नंम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । भे ९ प ९०९६ नंम्बरको मोटरसाइकल चालक जिल्ला दाङ घोराही उपमहानगरपालिका–६ का ३८ वर्षीय सन्तोष चौधरीको अनुहार र दुवै हात र खट्टामा चोट लागेर अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार राजापुर नगरपालिका–५ जयपुरका ३७ वर्षीय सुमित्रा चौधरीको अनुहार र दुवै हात खुट्टामा चोट लागेको छ । यस्तै भे १३ प ९०४१ नंम्बरको मोटरसाइकलका चालक मधुवन नगरपालिका–६ गुरुङ टोलका ५० वर्षीय ओम बहादुर गुरुङको दुवै हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको बर्दिया अस्पतालका मेडिकल अफिसर बैजु यादवले बताए ।

‘सिरियस रहेका सन्तोषलाई थप उपचारको लागि नेपालगंज रिफर गरेका छौं,’उनले भने,‘अवस्था सामान्य रहेकी सुमित्रा गम्भिर घाईते सन्तोषसंग गएकी छन्,यस्तै अर्का घाईते गुरुङलाई पनि रिफर गरेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय