‘लैंगिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण हुनुपर्ने’
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

जनकपुरधाम, फागुन २२ : मुख्यमन्त्री लालबाबु राउतले लैंगिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् । सहज परियोजनाद्वारा आज यहाँ आयोजित ‘समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले लैंगिक हिंसाको अन्त्यका लागि सभा गोष्ठीभन्दा सतहमा पुगेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

समाजिक कुरीतिका साथै लैंगिक हिंसाबाट जोगाउन शिक्षा आवश्यक रहेको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री राउतले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत बनाउन सुझाव दिए । लैंगिक हिंसा अन्त्य गर्न प्रदेश सरकार गम्भीर रहेको दृढता प्रकट गर्दै उनले सानै उमेरदेखि छोरीलाई बलियो बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै प्रदेशको सरकारी सेवामा महिलालाई ५० प्रतिशत आरक्षण दिएको उल्लेख गरे ।

सो परियोजनाका देशीय निर्देशक जयशंकर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले लैंगिक हिंसाको अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमका सम्बन्धमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय