बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार
सोमबार, चैत १७, २०७६ मा प्रकाशित

बार्सिलोना, चैत १७ : स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब नलिने भएका छन् । क्लबका कप्तान लिओनल मेसीले खेलाडीहरु ७० प्रतिशत तलब कटौती गर्न सहमत भएको बताए । मेसीले सोमबार इन्स्टाग्राममा यसबारे लामो सन्देश पोस्ट गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा अहिले विश्व फुटबल ठप्प छ । त्यसैले विभिन्न क्लबहरुले खेलाडीको तलब कटौती गरिरहेका छन्। कोरोना महामारीका कारण ला लिगा अनिश्चितकालका लागि स्थगित छ भने विश्वभरका फुटबल गतिविधिहरु ठप्प छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर