लन्डन, चैत १८ : म्यानचेस्टर सिटीका मिडफिल्डर एल्के गुडोगानले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण रोकिएको इङलिस प्रिमियर लिगको जारी सिजन पूरा हुन नसकेमा शीर्ष स्थानमा रहेको लिभरपुललाई उपाधि दिनु उचित हुने बताएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण इङल्यान्डमा अप्रिल ३० सम्मका लागि सम्पूर्ण खेलकुद गतिबिधीमा रोक लगाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिले सबै खेलकुद गतिबिधी शुन्य छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानका प्रधानमन्त्री सिन्जो आबेको सिफारिसमा टोकियो ओलम्पिक २०२० एक वर्षका लागि पछि सारेको थियो भने युएइफएले यसअघि नै युरो कप २०२० एक वर्षपछि सारिसकेको छ ।
प्रिमियर लिग रोकिनु अघि लिभरपुल शीर्ष स्थानमा थियो। लिभरपुलले दोस्रो स्थानमा बसेको साबिकको विजेता सिटीसँग २५ अंकको अग्रता लिएको थियो र ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्न मात्र २ जितबाट टाढा थियो । मेरा लागि ठिक छ ।त्यो नै उचित हुन्छ,सिजनको अन्त्य भएको खण्डमा योर्गान क्लोपको टोलीलाई उपाधि दिदा हुन्छ भन्ने प्रश्नमा गुडोगान भने, खेल भनेको सधै फेयर हुनुपर्छ र खेलाडी पनि । त्यसैले लिभरपुलले पनि उपाधि पाउनु उचित हुन्छ ।
प्रिमियर लिग क्लबहरु अप्रिल ३ माा बैठकमा बस्दैछन् ।अप्रिल ३० सम्म फुटबल गतिबिधी रोक्ने बताइएपनि त्यो अबधी बढ्ने निश्चित छ । यो सिजनको अन्त्य मे ९ मा हुने तालिका थियो ।लिगमाा सबै क्लबले अब ९ खेल खेल्न बाकी छ । बैठकले फुटबल सिजन यसै अन्त्य गर्ने वा बन्द रंगशालामा खेलाएर भएपनि सिजन सकाउने बारे निर्णय लिने अनुमान गरिएको छ ।
यसअघि आइतबार मात्र युइएफएका अध्यक्ष एलेन्जेन्डर सिफ्रिनीले जुनको अन्त्यमाा पनि अहिले रोकिएका फुटबल गतिबिधी पुन सुचारु नभए जारी सिजन त्यसै अन्त्य हुने प्रतिक्रिया दिएका थिए । गुडोगानले फुबटल पदाधिकारीका लागि सिजनको अन्त्य त्यसै गरेमा अंक तालिकाको रेलिगेशन क्षेत्रमा रहेका टोलीलाई के गर्ने भन्ने बारे निर्णय लिन अझै कठिन हुने बताए ।
धेरै विकल्प हुनसक्छन् ।राम्रो स्थानमा रहेका टोलीका लागि त सिजनको अन्त्य गरे त्यसले धेरै फरक पार्छ,गुडोगानले भने, तर रेलिगेशन क्षेत्रका लागि भने सिजन नै अन्त्य गर्ने निर्णयले राहत प्रदान गर्न सक्छ । उनले प्रिमियर लिग क्लबले खेलाडीले पाउने रकममा कटौती गर्ने निर्णय लिएमाा त्यसलाई स्विकार गर्ने बताए । यसअघि इटालियन सिरी महारथी युभेन्टस र बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले पनि खेलाडीले पाउने रकममा कर्टाैती गर्ने घोषणा गरिसकेका छन् । पक्कै पनि मलाई यो निर्णय स्विकार्य हुनेछ,तर अहिले सम्म यसबारे क्लबहरुबिच छलफल भएको छैन,गुडोगानले भने । एजेन्सी