ड्रोग्बाको युद्ध रोक्ने त्यो अपिल
शनिबार, चैत २२, २०७६ मा प्रकाशित

अफ्रिका, चैत २२ : अल महारेक रंगशाला,सुडानको दोस्रो ठूलो सहर ओमडुरमान, जहा विश्वकै सबै भन्दा बढी सुरक्षाकर्मी खटाइएको थियो । रेड क्यास्टलको नामले चिनिने यो रंगशाला सानो छ,तर यही रंगशाला विश्व फुटबलकै एक अद्भुत घटनाको साक्षी बन्यो ।

सन् २००५ अक्टोबर ८ । २००६ को विश्वकप छनोट गणितिय रुपमा सहज देखिएको थियो । क्यामरुनले इजिप्टमाथी जित हात पारेको खण्डमाा छैटौं पटक विश्वकपको टिकट काट्थ्यो । त्यो नतिजा नआएको खण्डमा भने सुडानविरुद्ध खेल्ने तयारीमा रहेको आइभोरी कोस्टको सम्भावना बलियो थियो । एक अंकले मात्र पछि रहेको आइभोरी कोस्टलाई जितले पहिलो पटक विश्वकपमा छनोट गराउने पक्का थियो ।

आइभोरी कोस्ट फुटबल इतिहासमा गोल्डेन जेनेरेशनको उपनाम पाएको सो टोलीको नेतृत्व डिडियर ड्रोग्बाले गरेका थिए । टोलीमा ड्रोग्बासहित कोलो टाउरे, इमानुयल इबोइ र डिडियर जोकाराजस्ता खेलाडी थिए । सबैले प्रिमियर लिगमा राम्रो प्रभाव जमाएका थिए ।

छनोट चरणमा क्यामरुनसंग २ वटै खेल गुमाएको आइभोरीकास्ट सुडानविरुद्धको खेलअघि भने छनोटको संघारमा थियो । आइभोरी कोस्टको फुटबल टोली एतिहासिक उपलब्धीको संघारमा रहेपनि समग्र राष्ट्र भने चिन्तित थियो । २००२ मा सुरु भएको गृहयुद्धका कारण राष्ट्र नै दक्षिण र उत्तरमा विभाजित भएको थियो । सरकारको नेतृत्व राष्ट्रपति लोरेन्ट गबाग्बोले गरिरहेका थिए भने विद्रोही पक्ष, दि न्यु फोर्सको नेतृत्व गुलाउमी सारोले गरिरहेका थिए ।

सेप्टेम्बर १९ २००२ बाट युद्ध सुरु भएको थियो ।आइभोरी कोस्टका पूर्व खेलाडी सबास्टियन गानाहोरी अहिले पनि त्यो कहाली लाग्दो क्षण सम्झन्छन्,जाहा युद्धकै कारण सहर ध्वस्त भएको थियो भने जनजीवन अस्तव्यस्त बनेको थियो ।

अवस्था निकै भयावह थियो ।मैले दिदीलाई बोलाउदा,घरबाहिर गोली चलिरहेको सुनेको थिए,उनले भने, परिवारका सबै ४ दिनसम्म खाट मुनी लुकेर बसेका थिए ।उनीहरु खाना खान मात्र भान्छामा निस्कन्थे । अन्य समय खाटमुनीनै बित्थ्यो उनीहरुको । मलाई सधै एउटै चिन्ता हुन्थ्यो, मेरो परिवार सकुशल छ वा छैन भन्ने ।

२००४ माा युद्ध केही रोकिएपनि २००५ मा भने पुन चर्र्किएको थियो । फुटबल खेलाडीहरु भने त्यो भयावह स्थितीबाट टाढा थिए । युरोपका शीर्ष लिग खेल्ने उनीहरु करौडौ कमाउथे तर पनि परिवारको चिन्ता भने सधै उस्तै हुन्थ्यो, सकुशल छन् वा छैनन ।

ड्रोग्बा सन् २००४ मा २४ मिलियन युरोमा चेल्सी भित्रिएका थिए । उनको नौ वर्षे चेल्सी बसाई निकै यादगार बनेको थियो । ४ पटक प्रिमियर लिगको उपाधि, ४ पटक एफए कप, तनि पटक लिग कप र एक पटक च्याम्पियन्स लिग । उनी विजेता हुन् र जीवनभर विजेता नै रहन्छन्,त्यसबेला ड्रोग्बाको प्रशंसा गर्दै आर्सनलका तत्कालिन प्रशिक्षक आर्सेन वेंगरले भने ।

ड्रोग्बा पक्कै पनि सफल खेलाडी थिए, तर सुडानमा त्यस रात उनी छुुट्ट्रै दबाबमा थिए । कायरोमा इजिप्ट र क्यामरुन तथा सुडानमा आइभोरी कोस्ट र सुडानको खेल एकै पटक सुरु हुने तालिका थियो ।आइभोरी कोस्ट तालिकामा पुुछारबाट दोस्रो स्थानमा रहेको सुडानमाथि जित चाहान्थ्यो । ७३ औ मिनेटमा अरुना डिन्डाने ले टोलीका लागि तेस्रो तथा व्यत्तिगत दोस्रो गोल पूरा गरे । खेलको अन्तिम एक मिनेट बाकी रहदा सुडानले सान्त्वना एक गोल फर्कायो । खेल आइभोरी कोस्टले ३–१ ले जित्यो ।

यता कायरोमा भने भिन्न परिस्थिती थियो । क्यामरुनले २० औं मिनेटमा अग्रता लियो तर ७९ औं मिनेटमा इजिप्ट खेलमा फर्कियो । सुडानमाथिको जितपछि आइभोरी कोस्टका खेलाडीहरु ड्रोग्बालाई घेरेर बसेका थिए र रेडियो कमेन्ट्रि पनि सुनिरहेका थिए । क्यामरुनले इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टी पायो तर क्यामरुनी खेलाडीको प्रहार बाहिरियो । क्यामरुन एक गोलको अग्रता जोगाउन नसक्दा अन्तत इजिप्टसँग १ १ को बराबरी खेल्न बाध्य भयो । यस्तोमाा आइभोरी कोस्ट पहिलो पटक विश्वकपमा छनोट भयो ।

त्यो दिन सारा राष्ट्र र सबै जनता खुशी थिए । उनीहरु सबैले देश अझै विभाजित छ भन्ने पनि बिर्सिएका थिए,त्यसबेला अबिडजानमा अध्ययनरत हसानी ओमरले भने,जो त्यसबेला मात्र २० वर्षका थिए ।

त्यस दिन एक पछि अर्को नाटकिय घटना भैरहेको थियो,जुन फुबटल मैदानमा विरलै देखिन्छ । त्यो भन्दा रोचक दृश्य अल मारिक रंगशालाको ड्रेसिङ रुपमा थियो ।
सबै खेलाडी प्राथना गरिरहेका थिए ।उनीहरु क्यामराले घेरिएका थिए ।सबै खेलाडी एक साथ उठे र लामबद्ध भएर बसे ।ड्रोग्बा बिच भागमा माइक लिएर उभिरहेका थिए ।
आइभोरी कोस्टका प्यारा दाजुभााई तथा दिदी बहिनी,उनले सुरुवात गरे, उत्तर देखी दक्षिण,मध्य र पश्चिम,आज हामीले सबै क्षेत्रका मानिसरु एक साथ हुदा के गर्न सकिदो रहेछ भनेर प्रमाणित गरिसकेका छौ । हामी विश्वकपमा छनोट भएका छौ ।आजको जितले मानिसहरुलाई एकतामा बाध्छ र हामी झकेर त्यसको लागि अपिल गर्न चाहान्छौ,एकै क्षणमासबै खेलाडीले एउटा घुँडा भुइमा टेकेका थिए ।

हामी युद्धकै कारण छुटिनु हुन्न ।कृपया तपाईहरुको हतियार बिसाइदिनु होला र निर्वाचन गर्नु होस,ड्रोग्बाको अपिल थियो, हामी रमाउन चहान्छौ,गोलाबारी गर्न छोडिदिनुस् ।
त्यसको केही महिनापछि नै दुवै पक्ष वार्तामा बसे र युद्ध अन्त्यको घोषणा गरे । २००६ को विश्वकपमा आइभोरी कोस्टले सर्बिया एण्ड मोन्टेनेग्रोलाई हराएपनि अर्जेन्टिना र नेदरल्यान्डस्सँग निराश हुदै समूह चरणबाटै बहिरियो ।तर पहिलो सहभागितामा टोलीले गरेका प्रदर्शनको सबैले प्रशंसा गरे ।

अफ्रिकी वर्ष खेलाडी घोषित भएको वर्ष ड्रोग्बाले युद्ध भएको सहर घुम्दै अनौठो घोषणा गरे । ड्रोग्बाले २०१८ मा खेल जीवनबाट संन्यास लिए । उनी र उनको सम्पुर्ण टोलीले फुटबलमा एतिहासिक उपलब्धी मात्र हात पारेन,आइभोरी कोस्टका लागि त्यो भन्दा ठूलो एकताको सन्देश दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर