शनिबार, चैत २२, २०७६
मा प्रकाशित
0
Shares
टोकियो, चैत २२ : टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक गरिएको छ । यसअघि स्थगित गरिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगस्त ८ सम्म हुने भएको छ । २०२० को टोकियो ओअल्म्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले ओलम्पिकको नयाँ आयोजन मिति तोकिएको जानकारी दिएका छन् ।
मोरीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमास वाचसँग भएको कुराकानीमा २०२१ को जुलाई २३ देखि अगस्त ८ सम्म हुने तय भएको जानकारी दिएका छन् ।
यसअघि ओलम्पिक खेल जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको थियो ।
विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएपछि धेरै जसो देशले ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने भन्दै खेल स्थगित गर्न दबाब दिएपछि अघिल्लो साता ओलम्पिक स्थगित गर्ने निर्णय गरिएको थियो ।