खेलाडीहरुको तबलसहितको सुबिधा कटौतीको प्रस्ताव
सोमबार, चैत २४, २०७६ मा प्रकाशित

लन्डन,चैत २४ : इङलिस प्रिमियर लिगका खेलाडीहरुले तबलसहितको सेवा सुबिधा कटौती गर्ने निर्णयमा विस्तृत रुपमा छलफल हुन आवश्यक रहेको बताएका छन् । प्रिमियर लिगले विश्वभर महामारीको रुमपा फैलिएको कोरोना भाइरसका कारण फुटबल गतिबिधी शुन्य रहेको र त्यो कहिले सुचारु हुने पनि निश्चित नभएकाले क्लबहरु आर्थिक संकटमा जाने भन्दै खेलाडीहरुको तबलसहितको सुबिधा कटौतीको प्रस्ताव गरेको थियो ।

प्रिमियर लिगले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेपनि प्रोफेसनल फुटबलर्स एसोसिएसन(पिएफए)ले भने त्यसमा असहमत भएको जनाएको छ ।
यो प्रस्तावले फुटबल इतिहासमा पहिलो पटक खेलाडी र क्लबको विवादलाई चर्काउने निश्चित छ ।इङल्यान्ड सरकाले पनि क्लबहरुलाई छिट्टै सहमतमिा पुग्न दबाब दिएको छ ।

इङल्यानडका संस्कृती मन्त्रालयका सचिव ओलिभर डानडेनले तलब कटौतीको विषयमा पिएफए र प्रिमियर लिगबीच फरक मत छ र त्यसको छिटो भन्दा छिटो समाधान निकाल्न आवश्यक छ ।

क्लब, खेलाडी र क्लब मालिकले अबको कदम के हो राम्रो साचे विचार गरेर मात्र लिनुपर्छ,उनले भने, खेलाडीहरु प्रिमियर लिगले गरेको प्रस्तावमा सहमत छैनन ।त्यसको सम्बोधन हुन आवश्यक छ । सरकार अहिले कोरोना भाइरस रोकथान गर्न लागिपरेको छ र यो विषयलाई पनि यसकै एउटा पाटोको रुपमा हेरिनुपर्छ ।

शनिबार प्रिमियर लिगले फुटबल गतिबिधी रोकिदा क्लबले एक बिलियन युरो घाटा व्यहोर्ने भन्दै तबल कटौतीको प्रस्ताव अघि सारेको थियो । तर अहिले भने खेलाडीले तबल कटौतीको विषयमा आफ्नो आफ्ने क्लबसँग वार्ता गरेर समाधान निकाल्ने घोषणा गरेका हुन् । क्लबहरु भने प्रशिक्षक र क्लब पदाधिकारीले तबल कटौतीमा सहमत भए खेलाडीले पनि त्यसमा फरक मत नराख्नेमा विस्वस्त छ ।तर क्लबको मुख्य समस्या भनेको कुन तरिकाले तबल बटौतीमा जाने भन्ने रहेको छ ।

इङल्यान्डका स्वास्थ सचिव म्याट होन्ककले खेलाडीलाई तबल कटौतकिा लागि तयार रहन आग्रह गरेका थिए । प्रिमियर लिगले ३० प्रतिशत रकम कटौती गर्दा यस सिजन फुटबल सुचारु नभएपनि अन्य क्लब पदाधिकारीको रोजगारी गुम्न नदिन पनि यो उत्तम विकल्प भएको बताउदै आएको छ ।

पिएफएले आफुहरु सरकार र प्रिमियर लिगको प्रस्तावमा बाधा पुर्याउनु भन्दा पनि एकलौटी निर्णय गरिएकाले छलफल गर्न चाहेको बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर