लन्डन, चैत २५ : अमेरिकी अधिवत्ताहरुले फिफाका पूर्व केन्द्रिय सदस्यहरुले रुस विश्वकप २०१८ र कतार विश्वकप २०२२ को लागि आयोजना अधिकार दिदा घुस लिएको दाबी गरेका छन् । अमेरिकाको एक अदालतमा यस सम्बन्धी मुद्दा दर्ता भएसँगै एफबिआइले लामो समय देखी गर्दै आएको अनुसन्धान थप पेचिलो बन्दै गएको छ ।
अदालतमा प्रस्तुत गरिएको कागजातमा फिफा पदाधिकारीहरुलाई भोटका लागि निकै महंगो रकमको प्रस्ताव गरिएको थियो । दि डिमार्टमेन्ट अप जस्टिसले दक्षिण अमेरिकी फुटबल सघका अध्यक्ष निकोलाज लोपेज र ब्राजिल फुटबल संघका पूर्व पदाधिकारी रिकार्डो टेसेरियामाथि घुस लिएको आरोप लगाएको हो ।
दुवै जनामाथि कतार विश्वकप २०२२ को भोटिङका लागि महंगो रकम लिएको आरोप लगाइएको छ ।त्यस्तै फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नरमाथि भने रुस विश्वकप २०१८ को भोटिङका लागि मोटो रकम लिएको आरोप लगाइएको हो । रुसले इङल्यान्डलाइए पछि पार्दै २०१८ को विश्वकप आयोजनाको अधिकार पाएको थिया ।
वार्नर सो समयमा कोन्काकाफका अध्यक्ष थिए ।त्यस्र्तै ग्वाटेमाला फुटबल संघका अध्यक्ष तथा फिफा पूर्व कार्यकारी सदस्य राफेल साल्गेरोमाथि पनि रकम लिएर रुसको पक्षमा भोट हालेको अरोप लगाइएको छ ।
त्यसमध्ये लियोजको गत वर्ष पाराग्वेमा निधन भैसकेको छ भने टेक्सिरियामाथि फिफाले आजिवन फुटबल गतिबधीमा सहभागी हुन नपाउने भन्दै प्रतिबन्ध लगाइसकेको छ ।साल्गेरोमाथि पनि गत वर्ष घुस लिएको स्विकार गरेसँगै आजिवन प्रतिबन्ध लगाइएको थियो ।
यता अमेरिका टेलिभिजन महारथी ट्वान्टीफस्ट सेन्चुरी फक्सलाई पनि प्रसारण अधिकार खरिद गर्नै दक्षिण अमेरिकी फुटबल पदाधिकारीलाई रकम बुझाएको आरोप छ ।
विश्व फुटबलमा कुनै पनि प्रतियोगिताका लागि अधिकार दिन पहिले बाटै घुस व्याप्त थियो,एफबीआईका इन्जार्ज सहायक निर्देशक विलियम स्वेनेले भने, एफबीआईले अझै अनुसन्धान गरिरहेको छ ।
करिब १० वर्ष देखी रुस र कतारलाई विश्वकप आयोजनाको अधिकार दिएसँगै फिफा भ्रष्टाचार मुद्दामा तानिएको थियो । एफबीआईले २०१५ मा फिफा मुख्यालयमा छापा हान्दै विभिन्न महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।४२ जनामा गरिएको अनुसन्धानमा २६ जना दोषी ठहर भैसकेका छन् ।
रुसमा २ वर्ष अघि नै विश्वकप आयोजना गरिसकेको छ । पछिल्लो घटनाक्रमसँगै २०२२ को विश्वकप आयोजना गर्न अन्तिम तयारीमा रहेको कतारलाई भने झड्का लागेको छ । तर फिफा पदाधिकारी माथि कतारलाई विश्वकप आयोजनको अधिकार दिदा घुस लिएको भन्दै अनुसन्धान सुरु भएको यो पहिलो घटना भने होइन ।
पिफाले यस सम्बन्धमा २०१७ मा गरेको अनुसन्धानमा रुस र कतार निर्दोेष पाइएको थियो । कतार र रुसले पनि पटक पटक विश्वकप आयोजनका लागि कुनै गलत कार्य नगरेको दोहो¥याउदै आएका छन् ।तर यो नया घटना क्रमले भने फिफा पुन विवादमा फस्ने निश्चित देखिएको छ ।