इङल्यान्ड, चैत २६ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले इङल्यान्डमा पनि फुटबल गतिबिधी शुन्य छ । इङल्यान्ड सरकारले भिडभाडमा नजान र भेलाहरु नगर्न निर्देशन पनि दिएको छ । तर प्रिमियर लिग क्लब टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्हो र क्लबका केही स्टार खेलाडीहरु भने स्थानिय नर्थ लन्डन पार्कमा अभ्यास गरिरहेको तस्बिर सार्वजनिक भएपनि अहिले उनीहरु आलोचित बनेको छन् ।
सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा माउरिन्हो हालमा एउटा मार्कसिट लिएर उभिएको र उनीसँगै मिडफिल्डर तान्ग्वे एन्डोम्बेले, विल्टल डाभिसन सान्चेज र रायन सेसेन्गनरहेका छन् ।जो एक आपसमा कुरा गरिरहेको देखिन्छ ।
तस्बिर सार्वजनिक भएको बारे टोटेनह्यामले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन । तर सरकारले भने क्लबलाई एक पटकका लागि मौका दिने भन्दै भनेको छ, सबै खेलाडी र क्लबले नियम पालना गर्नुपर्छ । हामी पुन एक पटक सबैलाई सचेत रहन आग्रह गर्न चाहान्छौ ।
इङल्यान्डमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढदो क्रममा छ । इङल्यान्डमा अहिले सम्म कोरोना संक्रमितको संख्या ५५ हजार २ सय ४२ रहेको छ भने हाल सम्म यो भाइरसका कारण ६ हजार १ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । इङल्यान्ड सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन निर्देशन दिदै आएको छ ।
मानिसहरुलाई दिनको एक पटक स्थानिय पार्कमा व्ययामका लागि अनुमती दिइएपनि व्यायम गर्न एकै घरका हुनुपर्ने नियम समेत बनाइएको छ । लन्डनका मेयर ससडक खानले यो गम्भिर विषय भएकाले क्बलाई एक सचेत गराइएको बताए ।
मेरो चासो भनेको टोटेनह्यामका बाल समर्थकहरु पनि होलान्,जसले पत्रपत्रिका तथा इन्टरनेटमा अभ्यासको तस्बिर देखेपछि उनीहरुका लागि हुने रहेछ हामी बाहिर निस्कन किन नहुने भन्दै घरबाहिर आए के अवस्था आउछ,त्यो कल्पना समेत गर्न सकिदैन । त्यसैले अहिले अभ्यासलाई निरन्तरता दिनु आवश्यक छैन,घरमै पनि अभ्यास गर्न सकिन्छ । एजेन्सी