पोखरा, चैत २७ : पोखराले उत्कृष्ट फुटबल गुमाएको छ । विश्वव्यापी कोरोनाको महामारीको चपेटामा फुटबल मेखबहादुर गुरुङ(मेखु)को निधनसँगै पोखरेली फुटबलप्रेमी स्तब्ध बनेका छन् । बेलायतमा रहँदै आएका उनको बुधबार राती उपचारको क्रममा निधन भएको हो ।
केही दिन अघि कोरोनबाट संक्रमित भएका उनको आईसियुमा उपचार गरिएको थियो । ५६ वर्षको उमेरमा निधन भएको हो । बेलायतमा कोरोनाबाट निधन हुनेको संख्या पाँच पुगेको छ । पोखरामा २०४० सालमा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी अञ्चलबाट फुटबल खेलेका थिए ।
एसएलसीको परीक्षाको तयारीमा रहदाँ भर्ती भई बेलायत हानिएका मेख छुट्टीमा आउँदा आफनो फुटबलको प्यासन मेट्थे । भर्ती भएर गएकै कारण उनले नेपाली फुटबलको राष्ट्रिय जर्सी भने लगाउन पाएनन् ।
पोखरामै आयोजना हुने वडास्तरीय फुटबल प्रतियोगितामा उनी वडा नं १० का हस्ती नै रहेको पुर्व फुटबलहरु बताउँछन् । निकै राम्रा खेलाडी थिए । सानैमा भर्ती भएर बेलायत गएपछि फुटबलबाट टाढा रहेपनि छुट्टीमा फर्किदा खेलेर फर्किन्थे । त्यतिबेला वर्षमा दुई पटक छुट्टीमा आउन पाइन्थ्यो । निधन भएका गुरुङ बेलायको न्युनिटनमा बस्दै आएका थिए । उनी २ जीआरमा सेवागरी १ जीआरबाट अवकाश प्राप्त भएका थिए ।