टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले सरकारसंग माफी मागे
बिहिबार, चैत २७, २०७६ मा प्रकाशित

लन्डन, चैत २७ : टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले सरकारले दिएको निर्देशन पालना नगरेको भन्दै माफी मागेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले इङल्यान्डमा पनि फुटबल गतिबिधी शुन्य छ ।

इङल्यान्ड सरकारले भिडभाडमा नजान र भेलाहरु नगर्न निर्देशन पनि दिएको छ । तर मंगलबार प्रिमियर लिग क्लब टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्हो र क्लबका केही स्टार खेलाडीहरु भने स्थानिय नर्थ लन्डन पार्कमा अभ्यास गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको चर्को आलोचना भएको थियो ।

सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा माउरिन्हो हालमा एउटा मार्कसिट लिएर उभिएको र उनीसँगै मिडफिल्डर तान्ग्वे एन्डोम्बेले, विल्टल डाभिसन सान्चेज र रायन सेसेन्गन रहेका थिए ।जाहा उनीहरु एक आपसमा कुरा गरिरहेको देखिएको थियो । त्यस्तै सेर्गी औरियरले समेत इन्स्टाग्राममा जगिङ गरिरहेको भिडियो पोस्ट गरेका थिए ।

टोटेनह्यामले प्रशिक्षक र खेलाडीलाई सचेत गराएको जनाएको छ । यता महानगर प्रहरीले भने उनीहरुविरुद्ध कुनै पनि मुद्दा दार्ता नभएकाले कुनै कदम नचालिएको जनाएको छ ।

म गल्ती स्विकार गर्छु,माउरिन्होले भने, हामीले सरकारको निर्देशन विपरित अभ्यासमा सहभागी भयौ। त्यसैले म माफी माग्न चहान्छु । तर हाम्रो उदेश्य सरकारको निर्देशन लत्याउनु भने थिएन ।आशा छ हामीले छिट्टै यो माहामारीबाट छुटकारा पाउनेछौ ।

सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा माउरिन्हो हालमा एउटा मार्कसिट लिएर उभिएको र उनीसँगै मिडफिल्डर तान्ग्वे एन्डोम्बेले, विल्टल डाभिसन सान्चेज र रायन सेसेन्गनरहेका छन् ।जो एक आपसमा कुरा गरिरहेको देखिन्छ ।

तस्बिर सार्वजनिक भएको बारे टोटेनह्यामल समेत माफी मागेको थियो ।ङल्यान्डमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढदो क्रममा छ ।इङल्यान्डमा अहिले सम्म कोरोना संक्रमितको संख्या ५५ हजार २ सय ४२ रहेको छ भने हाल सम्म यो भाइरसका कारण ६ हजार १ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् ।

इङल्यान्ड सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन निर्देशन दिदै आएको छ । मानिसहरुलाई दिनको एक पटक स्थानिय पार्कमा व्ययामका लागि अनुमती दिइएपनि व्यायम गर्न एकै घरका हुनुपर्ने नियम समेत बनाइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर