लन्डन, चैत २७ : स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका खेलाडी, प्रशिक्षक र क्लबका उच्च पदाधिकारीले कोरोना भाइरसको महामारीका कारण फुटबल गतिबिधी रोकिएकाले यस वर्ष आफ्नो तलब सुबिधामा १० देखी १५ प्रतिशत कटौती गर्न सहमत भएका छन् ।
मार्चमा संकटकाल घोषणा गरेदेखी स्पेनमा पनि फुटबल गतिबिधीमाथी रोक लगाइएको थियो । रियाल मड्रिडले क्लबमा खेलाडी, प्रशिक्षक र पदाधिकारबाहेक अन्य कर्मचारीहरु पनि भएकाले उनीहरुलाई सहयोग होस भनेर तलब कटौतीको प्रस्ताव गरिएको र त्यसमा सबैले सहमती दिउको जनाएको छ ।
क्लबकाृ बास्केटबल टोलीले पनि तलब कटौतीमा कुनै असहमती नभएको जनाएको छ ।क्लबले अहिलेको अवस्था रहे यो सिजन अन्त्य गर्न असम्भव भएकाले सिजन अन्त्य नभएसम्मका लागि यो नियम लागु हुने समेत बताएको छ ।
यसअघि बार्सिलोनाले पनि गत महिना तलब सुबिधामा ७० प्रतिशत कटौती गर्ने घोषणा गरेको थियो । एजेन्सी