टेस्ट शृंखला हुने सम्भवना छैन
शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

लन्डन, चैत २८ : इङल्यान्ड क्रिकेट बोर्डका निर्देशक एस्ले गिल्सले जुनमा वेस्ट इन्डिजविरुद्ध हुने भनिएको टेस्ट शृंखला हुने सम्भवना कम रहेको बताएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इङल्यान्डमा मे २८ सम्मका लागि सम्पूर्ण क्रिकेट गतिबिधीमा रोक लगाइएको छ ।

इङल्यान्ड र वेस्ट इन्डिजविरुद्धको तीन टेस्ट शृखला अन्तर्गतको पहिलो खेल ओभलमा जुन ४ मा सुरु हुने खेल तालिका छ । हामी अहिले विकल्पका बारेमा सोचिरहेका छौ,गिल्सले भने, दुवै पक्षको सहमतीमा हामी त्यसलाई अझै केही समय पछाडी धकेल्न चाहान्छौ ।

बिहिबार मात्र अस्ट्रेलिया र बंगलादेशबिच जुनका लागि तय भएको टेस्ट शृंखला पनि सरेको थियो । वेस्ट इन्डिजविरुद्धको शृंखलापछि अस्ट्रेलियाले सीमित ओभरको खेलका लागि अस्ट्रेलिया,टेस्ट र ट्वान्टी २० शृंखलाका लागि पाकिस्तान तथा तीन वटा एक दिवसीय खेलका लागि आयरल्यान्डसँग खेल्ने तालिका थियो ।

हामी इङल्यान्ड बाहिर भएपनि केही शृंखलाहरु खेल्ने योजनामा छौ,उनले भने,अहिलेको प्राथमिकता भनेको क्रिकेट खेललाई स्वभाविक लयमा फर्काउनु हो। त्यसैले सबै क्रिकेट बोर्डहरु एक ठाउमा बसेर आगामी कार्यक्रमका बारेमा छलफल गर्न आवश्यक छ । जुनमा हामीले स्थिती सामान्य बने शृंखला आयोजना गर्न सक्छौ तर अहिले अभ्यास गर्न समेत अनुमती छैन । त्यसैले जुनमा हुने र्शंखला म सम्भव देख्दिन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर