औबामयाङको क्लबसँगको सम्झौता सकिँदै
सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

लन्डन, वैशाख १ :  गाबोन फुटबल संघका अध्यक्ष आर्सनलका पियरे इमरिक औबामयाङले अन्य शीर्ष टोलीसँग सम्झौता गर्नुपर्ने सुझाव दिएका छन् । गत सिजन उनले इङलिस प्रिमियर लिगमा २२ गोल गर्दै शीर्ष गोलकर्ताको स्थानमा संयुत्त रुपमा बसेका थिए ।

सन् २०२०—२०२१ को सिजनपछि औबामयाङको क्लबसँगको सम्झौता सकिदैछ । अहिले उनी आर्सनलमा छन् र उनले यहा जित्ने केही पनि छैन, त्यसैले उनी त्यहा बसिरहुनुको पनि कुनै औचित्य छैन, गाबोन फुटबल संघका अध्यक्ष पियरे एलान मौन्गीन्युगीले भने, म आर्सनल उपाधिको भोक नभएको क्लब भन्न चाहान्न तर अन्य क्लबजस्तो आर्सनलले उपाधिकै लागि जाेड दिएको पनि देखिदैन । यस मामिलामा युरोपका अन्य क्लबहरु धेरै अघि छन् ।

गत महिना आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले ओबामयाङलाई क्लबमा राख्ने तर त्यसका लागि केही सर्त भएको बताएका थिए । साथै क्लबले यस सिजनको अन्त्यपछि मात्र यसबारे छलफल हुने बताएका थिए ।

२०१९—२० सिजनमा उनले क्लबका लागि सबै खालेप्रतियोगिता गरि २० गोल गरिसकेका छन् । उनलाई अनुबन्धन गर्न स्पेनिस ला लिगा क्लब बार्सिलोना र इटालियन सिरी ए टोली इन्टर मिलानले इच्छा देखाउदै आएका छन् ।

अन्य कुनै क्लबबाट आकर्षक प्रस्ताव आएको खण्डमा औबामयाङले आर्सनल छोड्नु नै राम्रो हुनेछ, मौन्गीन्युगीले भने, हामी सबै औबामयाङ खेल जीवनको अन्त्य सम्म पनि शीर्ष क्लबमै भएको हेर्न चाहान्छौ । जँहा उनले धेरै भन्दा धेरै सफलता चुमेको हेर्न चाहान्छौ । औबामयाङ २०१८ मा बुन्डेसलिगा क्लब बोरुसिउ डर्टमन्डबाट आर्सनलमा भित्रिएका थिए । उनले अहिले सम्म आर्सनलबाट कुनै पनि उपाधि जित्न सकेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर