मङ्गलबार, बैशाख ०२, २०७७
मा प्रकाशित
0
Shares
इन्डोनेसिया, वैशाख २ : कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।
इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ । पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई ‘भूत’को रुपमा परिचालन गरिएको छ ।