टोकियो ओपम्पिक २०२१ जुलाई २३ मा हुने लक्षित गरी तयारी
मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

टोकियो, वैशाख २ : टोकियो ओपम्पिकका आयोजकहरुले पुन एक पटक ओपम्पिकको मिति सरेमा के गर्ने भन्ने बारे कुनै अर्को योजना नभएको बताएका छन् ।
निर्धारित मिति नै प्रतियोगिता आयोजना गर्ने अडानमा रहेको जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तत सहभागी केही राष्ट्रले प्रतियोगिता बहिस्कार गर्ने घोषणा गरेसँगै आफ्नो अडानबाट पछि हटेको थियो ।

अमेरिका ,अस्ट्रेलिया र क्यानडाजस्ता केही राष्ट्रले विश्वभर कोरोना भाइरस सक्रमणको महामारीक रहदा पनि जापान र आइओसी आफ्नो अडानमा रहे प्रतियोगितामा सहभागी नै नुहुने बताएका थिए । ओलम्पिकका लागि करिब ५७ प्रतिशत खेलाडीले मात्र आफ्नो छनोट निश्चित गरेका थिए ।

अन्तत जापानका प्रधानमन्त्र सिन्जो आबेको प्रस्तावमा र आइओसीका प्रमुख थोमर बाच पनि टोकियो ओलम्पिक २०२० एक वर्षपछि सार्न सहमत भएका थिए ।आइओसी ले जुलाई २३ २०२१ मा प्रतियोगिता गर्ने र सोही वर्षको अगस्ट २४ बाट पाराओलम्पिक आयोजना गर्ने घोषणा गरिसकेको छ ।

टोकियो ओलम्पिकका प्रवत्ता मासा ताकायाले आफुहरु अहिले २०२१ जुलाई २३ लाई लक्षित गर्ने कामहरु अघि बढाइरहेको बताएका छन् । हामी हालै प्रतियोगिताका लागि तोकिएको नयाँ मितिलाई लक्षित गर्ने काम गरिहहेका छौ,ताकायाले भने, हामीसँग प्रतियोगिता पुन सरेको खण्डमा के गर्ने भन्ने योजना अहिले छैन ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै छ भने संक्रमितको संख्या पनि बढ्दो छ । त्यसैले प्रतियोगिता पुन तोकिएकै मितिमा हुन्छ भन्नेमा अझै दुबिधा छ ।प्रतियोगिताका लागि अब मात्र १५ महिनाको समय बाकी छ ।

‘अहिले म यति मात्र भन्न सक्छु, ओलम्पिक र पाराओलम्पिकका लागि अहिले नयान्ँ मिति तोकिएको छ’, ताकियाले भने, ‘त्यसैले हामी त्यही अनुसार कामहरु अघि बढाइरहेका छौ ।’

आइओसी अध्यक्ष थोमस बाचले केही दिन अघि जर्मनीको एक पत्रिकामा दिएको अन्तर्वातामा प्रतियोगिता अझै पर धकेलिने सम्भावना भएको बताएका थिए ।२ सय ६ राष्ट्र सहभागी हुने ओलम्पिकमा ११ हजार खेलाडी र पाराओपम्पिकमा ४ हजार ४ सय खेलाडी सहभागी हुने ओपम्पिक कमिटीले जनाएको छ ।

त्यस्तै प्रतियोगिताका लागि बुकिङ गरिएका होटलका साथै खेलाडीहरुले कति भत्ता पाउने भन्ने विशषमा पनि छिट्टै छलफल हुने ताकायाले बताए । अहिले केही भन्न सक्ने अवस्था छैन,ताकायाले भने, प्रतियोगिता सर्दा अवस्य पनि आर्थिक नोक्सानी हुनेछ । तर के कति भयो र अब प्रतियोगिताका लगि कति रकम खर्च हुन्न अहिले नै भन्न सकिदैन,ताकियाले थपे । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर