कोरोना पीडितका लागि ‘एटीएम’बाट निःशुल्क चामल
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

भियतनाममा कोरोना पीडितका लागि राहत वितरणमा भीड नहोस भनेर चामल दिने एटिएमको थालनी गरिएको सीएनएनको समाचारमा उल्लेख छ । अहिलेसम्म कोरोनाका कारण एकजनाको पनि मृत्यु नभएको भियतनाममा कोरोना भाइरस संक्रमित भने २६५ जना छन् ।

बिश्वका अन्य ठाउँमा भन्दा भियतनाममा कोरोना संक्रमण निकै कम छ । तर कोरोनाको प्रभाव नियन्त्रणको लागि यहाँको सरकारले सामाजिक दूरी कायम राख्ने नियम लगाएको छ । कोरोनाकै कारण ठूला ब्यापारसँगै अहिले साना धेरै व्यवसायहरु यहाँ बन्द गरिएका छन । यसैका कारण हजारौं मानिसहरु अचानक बेरोजगार भएका छन ।

चामल दिने एटीएम यस्तै अचानक बेरोजगार भएकालाई लक्षित गरेर ल्याइएको हो । भियतनामका ब्यापारीहरु र दाताहरुले यस्तो निःशुल्क चामल दिने मेसिन शहरका ठाउँ–ठाउँमा राखिएका छन् । यस्ता एटिएमबाट भियतनामका प्राय शहरमा निःशुल्क चामल बाँढ्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर