स्पेनमा लकडाउन तोड्ने महिला अदालत बाहिर नाङ्गै भएपछि… (भिडियोसहित)
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

संसारकै कोरोना प्रभावित देशमा स्पेन अग्रस्थानमा आउँछ । लकडाउनका कारण त्यहाँका नागरिक नराम्रोसँग प्रभावित भएका छन् । मानिसहरु घरबाहिर निस्किन खोजिरहेका छन् । तर प्रशासनले दिँदैन ।

स्पेनकी एक महिलाको धैर्यता भने टुटेको छ । थपडी बजाउनका लागि लकडाउन तोडेर सडकमा निस्किएकी महिलालाई पुलिसले अदालत लगेको थियो ।
स्पेनमा लकडाउनलाई पूर्ण पालना गराउन कठोर कदम चालिएको छ । कसैलाई पनि बाहिर निस्किने अनुमति छैन । तर ४१ वर्षीया एक महिलाले लकडाउनले हैरान भएर घर बाहिर निस्किने निर्णय गरिन् ।

लकडाउन उल्लंघन गरेकी महिलालाई पुलिसले पक्राउ गरेको थियो । उनले टोरेमोलिनोस क्षेत्रको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको सम्मानमा लकडाउन तोडेर थपडी बजाएकी थिइन् ।

थपडी बजाउने क्रममा लकडाउन तोडेको भन्दै पुलिसले उनलाई अदालतमा उपस्थित गरायो । अदालतले उनलाई जमानतमा रिहा गर्ने आदेश दियो । अदालत बाहिर आएपछि महिलाले आफ्नो शरीरका सबै कपडा उतारेर हंगामा गरिन् ।

नग्न महिला पुलिसको कारमा चढेर प्रशासनको ज्यादतीको बिरोध गरिन् । पुलिसले उनलाई घेरेर फेरि पक्राउ गर्यो । कपडा लगाउनका लागि गरिएको आग्रहलाई उनले अस्वीकार गरिन् । पुलिसले उनलाई बल प्रयोग गरेर कपडामा लपेट्यो र एम्बुलेन्समा राखेर घर पठायो ।

यी महिलाले गरेको हंगामा अहिले भाइरल बनेको छ । स्पेनमा झण्डै १९ हजारको मृत्यु भइसकेको छ । १ लाख ८० हजार संक्रमित भएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर