एनभीए क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख ६ : कोरोनाका कारण पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल लिग स्थगित भएको छ । बैशाख अन्तिम साताबाट आयोजना हुने भनिएको लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेपाल भलिबल संघको आयोजनामा लिग बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका थियो । नयाँ मिति अवस्था सामान्य भएपछि तय गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर