सिंगल रहनुको फाइदा नै फाइदा छन् । प्रेम सम्बन्धमा हुने झन्झट र त्यसले ल्याउने समस्याबारे समाजका धेरै जना अवगत नै छन् । विभिन्न घटनाबारे मिडियामा समाचारहरु आइनै रहेका हुन्छन् । सिंगल हुँदाका फाइदा के त यसबारे पनि चर्चा हुन थालेको छ ।
सिंगला हुदाँ के–के हुनसक्लान् त फाइदा ?
प्रेमी वा प्रेमिका नहुनुको मुख्य फाइदा भनेको स्वतन्त्रता हो। तपाईंलाई विभिन्न मन परेका खेल हेर्न छोडेर डेटिङ जानु पर्दैन । सिङ्गल हुनुस् जिन्दगीको मजा लिनुस् ।
प्रेमी वा प्रेमिका भएपछि लुकीलुकी भेट्नु पर्ने समस्या । कसैले देख्ला भन्ने समस्या । सार्वजनिक स्थलमा भेट्न पनि कठिन । यस्ता डरहरुले सताइरहन्छ । सिंगल हुँदाँ यस्ता कुराको डर नै हुँदैन । सार्वजनिक स्थानमा सुरक्षित महसुस हुन्छ । सार्वजनिक स्थानमा पनि सहज तरिकाले हाँसी मजाक गर्न पाइन्छ ।
कुनै पनि सम्बन्ध बनाउन तर त्यसलाई कायम राख्न निक्कै कठिन हुन्छ । यदि तपाइँ सम्बन्धमा आएर झन्झट अनुभव गर्न थाल्नु भो भने सिंगल हुने कल्पना गर्न थाल्नु हुन्छ । गर्ल फ्रेण्ड९ब्याइ फ्रेण्ड नभए यस्ता तनाव केही पनि हुँदैनन् ।
सपिङको तनावले उत्तिकै टाउको दुखाउने गर्छ । प्रेमी र प्रेमीसँग डेटिङ जादाँ सधै एउटै गेटअप जानु त्यसले नराम्रो प्रभाव पार्छ । गिफ्ट दिने कुरामा पनि के मन पर्ला भन्ने तनाव रहिरहन्छ । तर, सिंगल हुँदा टेन्सन लिइराख्नु पनि पर्दैन । मन लागेको कुरा किन्यो र आफूलाई माया गरे पुग्छ ।
परिवारलाई झुट बोलेर पनि विभिन्न समयमा डेटिङ मिलाउनु पर्ने समस्या लव अफेयर हुँदा अति नै हुन्छ । प्रेमी वा प्रेमिका नुहुँदा यस्तो तनावबाट मुक्ति मिल्छ ।
प्रेमी वा प्रेमिका नुहुँदा नभएपछि साथीभाइसँग सम्बन्ध विग्रिने सम्भावना हुँदैन । साथीभाइसँग जहाँ जान र रातिमा बसेर रमाइलो गर्दा समेत कसैले प्रश्न गर्दैन ।
प्रेमी वा प्रेमिका नुहुँदा रोज डे, हग डे वा प्रपोज डे जस्ता दिन सम्झि राख्ने झण्झट हुँदैन । आफ्नो बिदाको समय आफ्नै तरिकाले योजना बनाएर विताउन पाइन्छ ।
लव अफेयरलाई कायम राख्न विभिन्न खालका झुटा प्रशंसा पनि गर्नु पर्छ । दिनदिनै कुनै न कुनै फ्लर्ट गर्नु पर्ने हुन्छ । सम्बन्ध कायम राख्नका लागि यस्ता ब्यवहार गरिरहँदा दिक्क हुने समस्या हुँदैन जोसँग प्रेमी वा प्रेमिका हुँदैन । एजेन्सी