सिजन पूरा नभएको खण्डमा कुन टोलीलाई रेलिगेट गर्ने बारे अन्योल
मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

लन्डन, वैशाख ९ : इङलिस प्रिमियर लिग क्लब ब्राइटोनका मालिक टोनी ब्लुमले प्रिमियर लिगको सिजन अन्त्य नभई क्लबहरु रेलिगेशनमा परे त्यो सैय नहुने बताएका छन् ।

शुक्रबार प्रिमियर लिगका २० क्लबबिच भएको बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएको थियो । कोरोना भाइरसको महामारीको कारण अहिले प्रिमियर लिग पनि रोकिएको छ । प्रिमियर लिगमा अन्तिमा ९ चरणका खेल बाकी रहदा सिजन पूरा हुने वा नहुनेमा अर्झै दुबिधा कायमै छ ।

सिजन पूरा नभई अन्त्य भएको खण्डमा कुन टोलीलाई रेलिगेट गर्ने भन्ने बारे निर्णय लिन कठिन हुन सक्छ ,ब्लुमले भने ।

शुक्रबारको बैठकले जुन ८ मा लिग सुचारु गर्ने विषयमा मौखिक सहमती गरेको थियो ।तर अन्थितम ३ स्थानमा रहेको टोलीको हकमा के गर्ने भन्ने बारे भने अझै छलफल भएको छैन ।

ब्लुमको टोली अहिले १५ स्थानमा छ र रेलिगेशन क्षेत्र भन्दा मात्र २ अंकले माथी छ । ब्लुमले लिगमा क्लबले ३८ खेल नखेलस् प्रिमियर लिगको हैसियत गुमाउनु परे त्यो फेयर नहुने बताए ।युइएफएले यस विषयमा छलफल गर्नका लागि बिहिबारका लागि अर्को बैठक बोलाएको छ ।

युरोपमा तेस्रो श्रेणी र त्यो भन्दा तलका लिग रद्द भइसकेका छन् । स्कटल्यान्डमा भने अहिले लिगको अंक तालिका अनुसारै क्लबको बढुवा र घटुवा निर्धारण भैसकेको छ ।

प्रिमियर लिगले गर्ने निर्णयमा २० मध्ये १४ क्लबको समर्थन चाहिन्छ । प्रिमियर लिगलाई निर्णयमा पुग्न आवश्यक भोट पाउछजस्तो मलाई लाग्दैन, ब्लुमले भने । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर