टोकियो ओलम्पिक र पाराओलम्पिक २०२१ मा हुनेबारे अन्यौलता
मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

टोकियो, वैशाख ९ : कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक र पाराओलम्पिक यो भाइरसको भ्याक्सिन पत्ता नलाग्दा सम्म सम्भव नभएको ग्लोबल पब्लिक हेल्थका वैज्ञानिकहरुले बताएका छन् ।

प्रोफेसर देवी श्रीधारले विश्व अहिले कोरोनाबाट बाच्न लागि परेपनि उचित भ्याक्सिन नभेटिएको र त्यो भेटिएको खण्डमा मात्र ओलम्पिक र पाराओलम्पिक सम्भव भएको बताइन् ।

विश्वभर एक पछि अर्को प्रतियोगिता कोरोनाको मारका कारण सरेसँगै जापान सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी) टोकियो ओलम्पिक २०२० एक वर्षपछि सार्न सहमत भएका थिए । यसै साता जापानी प्रतिनिधी र आइओसीका प्रतिनिधीबिचको बैठकले सन् २०२१ का लागि तयर गरिएको प्रतियोगिता कुनै पनि हालतमा गर्न प्रतिबद्ध रहेको बताएका थिए । आइओसीले ओपम्पिक २३ जुलाई देखी ८ अगस्ट २०२१ मा गर्र्ने गरि तयारी सुरु गरिरहेको छ ।

यता आइओसीका समन्वय समितिका प्रमुख जोन कोयटस्ले कोभिय १९ कै कारण पछि धकेलिएको प्रतियोगिता त्यही मितिमा हुने वा नुहने अझै अन्यौल रहेको बताएका थिए ।

हामी विश्व स्वास्थ संगठन(डब्लुएचओ)को सुझाव लिदै अघि बढिरहेका छौ,बिहिबार भिडियो कन्फरेन्समार्फित जोन्सले भनेका थिए,हामी खेलाडीहरुको कोरोना भाइरस परिक्षण गर्ने देखी लिएर विभिन्न विकल्पहरुका बारेमा निरन्तर छलफलमा छौ ।

इडनबर्गस्थित ग्लोबल हेल्थ युनिभर्सिटीकी प्रमुख समेत रहेकी श्रीधराले टोकियो ओलम्पिक पुन सर्ने वा नसर्ने ,कोरोना  भाइरसविरुद्धको भ्याक्सिनमा निर्भर हुने बताइन् ।

हामीलाई आशा छ कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै पत्ता लाग्नेछ ।वैज्ञानिकहरु पनि त्यसमा लागि परेका छन्,उनले भनिन्, परिस्थिती सहज भएको खण्डमा मात्र प्रतियोगिताहरु अघि बढ्नेछन् । अन्य हामीसँग पर्खनुबाहेकको विकल्य नहुन सक्छ । त्यसका लागि यती नै समय लाग्छ भन्न सकिन्न ।

अर्को वष भ्याक्सिन पत्ता लाग्यो भने ओलम्पिक प्रतियोगिता व्यवहारि रुपमा सम्भव देखिन्छ ,उनले थपिनन्, त्यसैले भ्याक्सि गेम चेन्जर्स बन्न सक्छ ।

कोरोना भाइरसको महामारीकै कारण जापानमा मे ६ सम्मका लागि संकटकाल घोषणा भैसकेको छ ।

आइओसी र टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीले प्रतियोगिताको तयारी के कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा विस्तृत छलफल अघि बढाउन आइओसीको समन्वय कमिटीका प्रमुख जोन्स र टोकियो ओलम्पिक २०२० का प्रमुख यसोरी मोरीलाई दिइएको जनाएको छ ।

मार्च २४ मा टोकियो ओलम्पिक सरेसँगै हामीले विभिन्न विकल्पका साथ प्रतियोगिताको तयारी अगाडी बढाइरहेका छौ, मोरीले भने । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर