युराेप, वैशाख १२ : कोभिड १९ का कारण महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासंघको नियमित क्यालेण्डरअनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुने कार्य तालिका रहेको थियो।
कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेपछि युईएफएले एक वर्ष पछि गर्ने निर्णय गरेको हो ।
युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप नयाँ तालिकाअनुसार सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ । यसअघि, १३औं संस्करणको युरोकप इंग्ल्याण्डमा ७ जुलाइदेखि १ अगस्टसम्म अयोजना गर्ने तालिका रहेको थियो ।
महिला युरो कप सार्नुको मूख्य कारण टोकियो ओलम्पिक पनि हो । २०२१ मा हुने टोकियो ओलम्पिकमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् । एजेन्सी