मिलान, वैशाख १५ : इटालीका प्रधानमन्त्री ग्युसेप्पी कोन्टेले इटालियन सिरी ए क्लबहरुका खेलाडीहरुले मे ४ बाट व्यत्तिगत अभ्यास र मे १८ बाट टिम अभ्यास सुरु गर्ने सक्ने घोषणा गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन हटाउने पहिलो चरणका रुपमा इटालीले फुटबल टोलीलाई अभ्यास गर्न दिने बताएको हो । यससँगै मे २७ देखी जुन २ का बीच सम्ममा इटालियन सिरी ए पुन सुचारु हुने र अगस्टमा सिजन अन्त्य हुने सम्भावना बढेको छ । यद्धपी लिग कहिलेबाट पुन सुरु हुने भन्नेबारे फुटबल संघले कुनै औपचारिक घोषणा गरेको भने छैन ।
कोरोना भाइरसको महामरीपछि विश्वभर खेलकुद गतिबिधी रोकिदा युरोपेली राष्ट्र मध्ये सबै भन्दा बढी कोरोनाबाट प्रभावित बनेको इटालीमा हाल सम्म २६ हजार ६ सय ४४ जनाको कोरोना भाइरसको कारण निधन भैसकेको छ । आइतबार इटालीमा २ सय ६० जनाले ज्यान गुमाएका थिए ,जुन मार्च १४ पछि कोरोनाका कारण मृत्यु हुने मध्यकै न्युन संख्या हो ।
प्रधानमन्त्री कोन्टेले आइतबार टेलिभिजनमार्फत खेलाडीलाई सम्बोधन गरेका हुन् । मे ४ बाट खेलाडीले मैदानमा उपस्थित हुदै व्यत्तिगत अभ्यास सुचारु गर्न सक्छन् भने मे १८ बाट समग्र टोलीले नै अभ्यास गर्न पाउनेछन्,कोन्टेले संबोधनमा भनेका छन्, त्यसपछिको अवस्था हेरेर सिजन सुचारु गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुनेछ ।हामी अहिले लकडाउनमा छौ ।
खेलाडी र क्लबलाई अभ्यास गर्न दिनु भनेको लकडाउन हटाउनुको पहिलो चरणका रुपमा लिइएको छ । हामीले अझै धेरै सर्तकता अपनाउनु जरुरी छ ।हामी खेलकुलप्रति झुकाब राख्छौ र खेलाडीको स्स्वास्थका बारेमा पनि उत्तिकै सचेत छौ ।
म फुटबल गतिबिधी सुचारु हुनुपर्छ भन्ने पक्षमा छु,कोन्टेले थपे, इटालीका मानिसमा अहिले एटटै चासो छ,फुटबल गतिबिधी सुचारु हुन्छ वा सिजन नै रद्द हुन्छ ।हामी विभिन्न विकल्पका बारेमाम पनि सोचिरहेका छौ । अहिले नै केही भनिहाल्ने अवस्था भने छैन ।
कोन्टले मे ४ बा आफुहरु लकडाउनको दोस्रो चरणमा प्रवेश गर्ने र पहिला दिइएको निर्देशनजस्तै सामाजिक दुरी कायम राख्नु पर्ने र खेलाडीले अभ्यास पनि यो निर्देशनको पालना गर्नु पर्नेमा जोड दिए ।
इटालियन फुटबल संघले मे को पहिलो साताबाटै खेलाडीहरुमा कोरोना भाइरसको प्रशिक्षण सुरु गरिने बताएको छ ।सरकार र फुटबल संघले क्लबलाई प्रशिक्षणका लागि छुट्टै नियम समेत बनाइदिएको छ ।जसअनुसार अभ्यासमा सहभागी हुने टोली एकै स्थानमा छुट्टै छुट्टै आइसोलेशन क्याम्पमा बस्नुपर्नेछ ।
कोरोना भाइरसकै कारण सिरी ए मार्च ९मा रोकिएको थियो । सिरी ए क्लबका केही खेलाडीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।इटाली फुटबल संघले आफुहरु सिजन पूरा गर्न प्रतिबद्ध रहेको बताउदै आएको छ । एजेन्सी