लन्डन, वैशाख २० : इङल्यान्डका अलराउन्डर मोइन अलीले दि हन्डे्रड २०२१ मा मात्र सुरुआत गर्दा उपयुत्त हुने बताएका छन् । इङल्यान्ड र वेल्स क्रिकेट बोर्डको आगामी बैठकले नयाँ प्रतियोगिताको रुपमा रहेको १ सय बलको क्रिकेट प्रतियोगिताबारे औपचारिक निर्णय लिनेछ । कोरोना भाइसरको महामारीका कारण अहिले विश्वभर खेलकुद गतिबिधी शुन्य रहदा अहिले विश्वभरका सबै खाले प्रतियोगिता मारमा परेका छन् ।
अहिले कुनै पनि प्रतियोगिता आयोजना गर्ने वातावरण छैन,अलीले भने, हामीले १ सय बलको विल्कुलै नया अवधारणका साथ जुन प्रतियोगिता गर्दै छौ । त्यसको आयोजनामा हतारिनु कुनै कारण छैन । अहिलले सारा विश्व कोरोना महामरीविरुद्ध लडिरहेको छ र ओलम्पिक, युरो कप लगायतका धेरै प्रतियोगिताहरु एक वर्ष पछि सरिसकेको छ ।
त्यसैले हामीले पनि यो प्रतियोगिता आयोजना गर्ने यो उपयुत्त समय होइन । आशा छ क्रिकेट बोर्डले प्रतियोगिता एक वर्ष पछिका लागि सार्नेछ ।प्रतियोगिताको मिति सर्दा कुर्ने समस्या हुदैन ।
इसिबीले जुलाई १७ देखी अगस्ट १५ सम्म गरि इङल्यान्डको ८ सहरका ८ फ्रेन्चाइज टोली समावेश गर्दै १ सय बलको पुरुष र महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । इसिबीले गत साता नै जुलाई १ सम्म कुनै पनि क्रिकेट प्रतियोगिता नहुने बताइसेको छ ।
विश्वभर हुने ट्वान्टी २० फ्रेन्चाइज लिगप्रति समर्थकको आकर्षण बढेको भन्दै इसिबीले १ सय बलको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । इङल्यान्डले गत वर्ष घरेलु मैदानमा अयोजना भएको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि इसिबी यो प्रतियोगिता आयोजना गर्न थप उत्साही बनेको थियो ।
कोरोना महामरीकै कारण खेलकुद गतिबिधी सुचारु भइहाले पनि सबै प्रतियोगिता बन्द रंगशालामा आयोजना हुने सम्भावन बढेको छ । विश्व विजेता बनेसँगै क्रिकेटको क्रेज पुन फर्किएको थियो । परिस्थिती सामान्य भएको खण्डमा प्रतियोगिताले पहिलो सस्करणमै सफलता हात पार्ने निश्चित थियो,अलीले भने, तर अहिले अवस्था सामान्य छैन,जसबाट समर्थकको साथ पाउने सम्भावना पनि छैन ।
प्रतियोगिता एक वर्ष पछि सार्दै अझै धेरै गृहकार्य गर्दा राम्रो हुनेछ । युवा खेलाडीले धेरै भन्दा धेरै अवसर पाउने प्रतियोगिता भएकाले पनि हामी हतारिनुको कुनै औचित्य छैन ।