भलिबललाई कोभिड १९ को जोखिम बढी
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख २० : कोरोना भाइरस कोभिड १९ महामारीले विश्वरभरको ठप्प रहेको खेलकुद गतिविधि अब फेरि कहिले शुरु होला भनेर सबैको चासो छ । यसैबीच कोभिड १९ ले कारण भलिबल खेल सबैभन्दा धेरै जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

इटालियन ओलम्पिक कमिटी र पोलिटेक्निक अफ टुरिनले फेरि कसरी सुरक्षित रुपमा खेल शुरु गर्न सकिन्छ भनेर गरेको अनुसन्धानमा भलिबल खेलबाट कोभिड १९ को सर्ने सम्भावना धेरै रहेको निश्कर्ष निकालेको हो ।

यसले इटलीका खेलाडी र प्रशिक्षकका साथै अन्य देशमा पनि ठूलो विवाद सिर्जना गरेको छ ।

उक्त अनुसन्धाले भलिबललाई सबैभन्दा धेरै जोखिम भएको खेलमा अघि राखेको छ । फेस टु फेस खेलिने अन्य खेलहरु बक्सिङ, बास्केटबल, रग्वि भन्दा भलिबललाई धेरै जोखिममा राखिएको छ ।

विभिन्न खेल महासंघहरुलाई प्रश्न वितरण गरेर त्यसबाट पाएको जवाफको आधारमा पोलिटेक्निक अफ टुरिनले ४०४ पृष्ठको प्रतिवेदन सार्वजिनक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर