आइतबार, बैशाख २१, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौं, वैशाख २१ : स्टार खेलाडी विलियनले चेल्सी छोड्ने तयारीमा रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार उनी आर्सनल वा टोटनहम जाने सम्भावना रहेको छ । उनी स्वयमले नै प्रिमियर लिगमा रहने र आर्सनल र टोटहमबाट अफर आएको बताएका हुन् ।
उनले भनेका छन्, ‘टोटनहमका प्रशिक्षक जोसे मोउरिन्होसँग मेरो राम्रो सम्बन्ध रहेको छ । तर, टोटनहम जानेबारे कुराबारे चाँहि चर्चा भएको छैन । उनी एक सफल प्रशिक्षक हुन् । म चेल्सीमा खुसी छु । तर, अवस्था सधै एकनाशको पनि नहुनसक्छ । त्यही भएका कारण पनि मैले अन्य क्लब जाने बारे बोलेको हुँ । चेल्सी आएसँगै मैले मेरो परिचय बनाउन सफल भएको छु ।’
उनले मोउरिन्होप्रति आफ्नो सम्मान रहेको र उनीसँग फेरि काम गर्न इच्छुक रहेको बताएका छन् ।