काठमाडौं, वैशाख २४ : युरोपियन राष्ट्रमा कोरोनाका कारण सबैभन्दा धेरै बेलायतका नागरिकको ज्यान गएको छ । यसअघि इटली, स्पेन र फ्रान्सभन्दा कोरोनाको प्रभाव कम देखिएको बेलायतमा अबको तथ्याकं अनुसार सबैभन्दा धेरै कोरोनाका कारण नागरिकले ज्यान गुमाएका देखिन्छ ।
मंगलबार बिहानको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गएको थियो भने बेलायतमा २८ हजार ७३४ को ज्यान गएको थियो । तर पछिल्लो २४ घण्टाको तथ्यांक बाहिर आउँदा बेलायतमा कोरोना संक्रमणका कारण कुल २९ हजार ४२७ जनाको ज्यान गएको छ । इटलीमा हालसम्म कोरोनाले २९ हजार ३१५ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा क्रमश : अमेरिका, बेलायत, फ्रान्स र इटलीमा २३५०, ६९३, ३३० र २३६ कोरोना संक्रमितको ज्यान गएको छ । सोही अवधीमा अमेरिकामा २४ हजार ७९८ र बेलायतमा ४ हजार ४०४ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै फ्रान्समा १ हजार ८९ र इटलीमा १ हजार ७५ जना नयाँ संक्रमितको पहिचान भएको छ ।
बेलायतमा कुल १ लाख ९४ हजार ९९० मा कोरोना संक्रमणको पुष्टी भइसकेको छ भने इटलीमा २ लाख १३ हजार १३ मा संक्रमण देखिसकेको छ । बेलायतमा हाल संक्रतिको संख्या १ लाख १५ हजार २१९ छ भने इटलीमा ९८ हजार ४६७ छ ।
अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै बेलायतमा ज्यान गएको छ । अमेरिकामा हालसम्म ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।