बेलारूसमा अगस्तमा राष्ट्रपति चुनाव हुने
शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

मिन्स्क,वैशाख २६ : बेलारूसमा राष्ट्रपति चुनाव यस वर्षको अगस्त ९ का लागि तय भएको यहाँको संसदले शुक्रबार घोषणा गरेको छ ।

देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष लिदिया इर्मोशीनाले पहल समूह दर्ताका लागि कागजात बुझाउने अन्तिम म्याद यही मे महिनाको १५ तारिखसम्म रहने बताए ।

पहल समूहमा १०० भन्दा बढी मानिस हुनुपर्छ । राष्ट्रपति पदका उम्मेद्वारहरूलाई पहल समूहले कम्तिमा एक लाख हस्ताक्षरसहित प्रस्ताव गर्नुपर्ने बेलारूसको संवैधानिक व्यवस्था रहेको छ । उम्मेदवारहरूको मनोनयनका लागि हस्ताक्षर अभियान यही मे २१ देखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर