बर्दियामा १८ हजारलाई राहत
शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

बर्दिया, वैशाख २६ : बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ । कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहुँ छाक टार्न समस्यामा परेका गरीब र  श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् ।

पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर  केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारवाहीको माग भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय