दुई हजारलाई भोजन
शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख २७ : रोटरी क्लब अफ काठमाडौँ वेस्टलगायत केही समाजसेवीले विपन्न तथा दैनिक मजदुरी गर्ने करिब दुई हजार नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट समस्यामा परेका ती नागरिकलाई गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध जारी छ ।

शुरुमा समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रूपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले भोजनको व्यवस्था गरेकामा शुक्रबार त्यस कार्यमा रोटरी क्लब सहभागी भई रु एक लाख सहयोग गरेको हो ।

उक्त क्लबले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने जनाएको छ । लकडाउनको अवधिसम्म खानाको व्यवस्था मिलाइएको छ ।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ । पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

स्थानीय तहले केही खाद्य सामग्री राहतस्वरुप वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको कामपा–१३ का पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय