पाकिस्तानमा पीआईएको विमान दुर्घटना
शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

पाकिस्तान, जेठ ९ : पाकिस्तानको कराँचीमा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको छ । उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी समाचार संस्थाहरुले जनाएको छ।

दुर्घटना परेकाे ए-३२० मोडेलको सो विमानमा ९० जना यात्रु रहेको पीआईएले जानकारी दिएकाे छ । सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन्।

दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ। पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर