शनिबार, जेठ १०, २०७७
मा प्रकाशित
0
Shares
ब्राजिल, जेठ १० : ब्राजिल विश्वको दोस्रो सबैभन्दा धेरै कोरोना प्रभावित देश भएको छ । अमेरिका पछि सबैभन्दा धेरै कोरोना संक्रमित ब्राजिलमा देखिएका छन् । हालसम्म तीन लाख ३० हजार ८९० कोरोना संक्रमित देखिसकेका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ हजार १ संक्रमितको मृत्यु भएको छ । हालसम्म ब्राजिलमा २१ हजार ४८ संक्रमितको मृत्यु भइसकेको छ । ब्राजिलको साओ पाउलो सहर पूरै प्रभावित भएको छ ।